सामसङ ग्यालेक्सी ए–१६ फाइभजी सार्वजनिक

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

सामसङले नयाँ स्मार्ट फोन ग्यालेक्सी ए–१६ फाइभजी सार्वजनिक गरेको छ । किफायती मिडरेन्ज स्मार्ट फोन, ६ वर्षको सफ्टवेयर सपोर्टसहितको प्रिमियम ग्यालेक्सी ए–सिरिज डिजाइनमा मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामरा सिस्टम रहेको छ । 

कम्पनीले ए–१६ लाई ए–सिरिजको सबैभन्दा पातलो मिड–रेन्ज उपकरणका रूपमा प्रस्तुत गरेको जनाएको छ । यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई आरामसँग सजिलै समात्न सक्छन् । 

५० मेगापिक्सेल प्राथमिक क्यामरा, ५ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामरा र दुई मेगापिक्सेलको म्याक्रो क्यामराले सुसज्जित यो फोनले सेल्फी र भिडियो कलको स्तरलाई बढाउने कम्पनीको दाबी छ । यसमा ५ हजार एमएचएच ब्याट्री रहेको छ भने ६ वर्षको अपरेटिङ सिस्टम अपडेट र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध रहेको छ । सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘आफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराएर ग्यालेक्सी ए–१६ ले मिडरेन्ज स्मार्ट फोनहरूमा अतुलनीय अनुभव प्रदान गर्छ ।’

कालो, हल्का हरियो र सुनौलो रङमा उपलब्ध ए–१६ फाइभजी ६/१२८ भेरियन्टको मूल्य २८ हजार ९९९ रुपैयाँ र ८/१२८ भेरियन्टको ३० हजार ९९९ र ८/२५६ भेरियन्टको  ३४ हजार ९९९ रुपैयाँ रहेको छ । यी फोन मंगलबारदेखि बजारमा उपलब्ध हुने जनाएको छ ।

See More On

सुझावित समाचार