सहकारी ठगी प्रकरण : लामिछानेलाई १३ दिन म्याद थप

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

म्याद थपका लागि लामिछानेलाई आइतबार प्रहरीले जिल्ला अदालत कास्कीमा पेस गरिएकोमा न्यायाधीश नवराज दाहालको इजलासले थप १३ दिन म्याद थप गरिदिएको हो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेलाई चौथोपटक म्याद थप भएको हो । २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी लामिछानेलाई प्रहरीले पोखरा ल्याएको थियो । त्यसपछि ४ गते पहिलोपटक ६ दिन, दोस्रोपटक ८ कात्तिकमा सात दिन र तेस्रोपटक २० कात्तिकमा १० दिन म्याद थप भएको थियो ।

सुझावित समाचार