यू–१९ महिला टी–२० विश्वकप : नेपालले थाइल्यान्डविरुद्व पहिले ब्याटिङ गर्ने

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

युएईको अजमानस्थित द सेभेन स्टेडियममा आजको खेलमा नेपालले टस जितेर थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । गत बुधबारदेखि सुरु एसिया छनोटमा नेपालको यो चौथाे खेल हो । नेपालले यसअघि दुई खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ । 

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै, आफ्नो दोस्रोमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो । साथै तेस्रो खेलमा शनिबार घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो ।  

छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । 

सुझावित समाचार