मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान कानुनमन्त्री पक्राउ

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

जापानमा मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान कानुनमन्त्री लीलाबल्लब अधिकारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत, काठमाडौंले पक्राउ अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।  पक्राउ अनुमतिसँगै काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न मोरङ प्रहरीलाई पत्राचार गरेको थियो । कडा सुरक्षाकाबिच काठमाडौं लैजाने तयारी गरिएको एसपी नारायण प्रसाद चिमोरियाले बताए । उनलाई आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो । 

सो प्रकरणमा हाल ६ जनालाई काठमाडौं प्रहरीले थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

सुझावित समाचार