सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर– १४ रातानाङ्ग्लानजिकै भएको हायस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
मृत्यु हुनेहरूमा दैलेखको भैरवी गाउँपालिका बस्ने संगीता विष्ट, कर्णबहादुर विष्ट, दीपिका महतरा तथा ठेगाना नखुलेका हायसचालक (साहु) सुरेश खत्री रहेका छन्। करिब ३८–४० वर्षका खत्रीकाे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।
शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई वीरेन्द्रनगर– १४ रातानाङ्ग्लामा दिउँसो करिब १ः४० बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा अन्य ३० जना घाइते भएका छन्। हायस सडकभन्दा झन्डै दुई सय मिटर तल खसेको थियाे।