उपनिर्वाचनमा उम्मेदवारका लागि रास्वपाले माग्यो आवेदन

बिहिबार, २२ कार्तिक, २०८१
डिजिटल संस्करण

आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारीका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आवेदन खुलाएको छ।

बुधबार बसेको रास्वपा केन्द्रीय निर्वाचन संयोजन समिति बैठकले कार्तिक २५ गतेसम्मको समय तोकेर आवेदन माग गरेको हो। उम्मेदवार छनोटको प्रारम्भिक निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै रास्वपाले उपनिर्वाचनका लागि जिम्मेवारी बाँडफाँटसमेत गरेको छ।

कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठलाई परिचालन जिम्मेवारी तोकिएको छ।

सुझावित समाचार