नेप्सेमा झिनो अंकको गिरावट

बुधबार, २१ कार्तिक, २०८१
डिजिटल संस्करण

धितोपत्र बजारमा बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८८ अंकले ओरालो लागेर दुई हजार ६७५.५१ विन्दुमा आएको छ।

आजको कारोबारमा सेन्सेटिभ परिसूचक ०.८१ अंकले घटेर ४७७.१८ मा सीमित भएको छ। त्यस्तै, कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक उकालो लाग्दा आठ उपसमूहको ओरालो लागेको छ। कुल एक करोड १६ लाख ८६९ कित्ता सेयर रु. पाँच अर्ब २२ करोड २४ लाख ८६ हजार ८५१ मा कारोबार भएको छ।

नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, बलेफी हाइड्रोपावर ९.९८, पिपुल्स हाइड्रोपावर कम्पनीको ९.१२, समृद्धि फाइनान्स कम्पनीको ८.७९ र राप्ती हाइड्रोका लगानीकर्ताले ७.८० प्रतिशतले कमाएका छन्।

आजको कारोबारमा नेपाल फाइनान्स ८.२६ प्रतिशतले, कुथेली बुथेली हाइड्रोपावर ८.२३, समाज लघुवित्त वित्तीय संस्था ६.२१, युनाइटेड मोदी हाइड्रोपावर ४.०३ र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ३.५७ प्रतिशतले घटेको छ।

सुझावित समाचार