उपनिर्वाचनका लागि एमाले रौतहटद्वारा उम्मेदवार चयन

बुधबार, २१ कार्तिक, २०८१
डिजिटल संस्करण

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमाले रौतहटले उम्मेदवार चयन गरेको छ। १६ गते हुने उपनिर्वाचनमा रौतहटका तीनवटा वडाहरूमा निर्वाचन हुँदै छ। उपनिर्वाचनमा रौतहटको राजपुर नगरपालिका– ६, ईशनाथ नगरपालिका ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा निर्वाचन हुँदै छ।

नेकपा एमाले रौतहटको सचिवालय बैठकले राजपुर नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नासिम अख्तर, ईशनाथ नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा शेख अनवर र गढीमाई नगरपालिका वडा नम्बर ८ मा जिउतीदेवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहालले जानकारी दिएका छन् ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेसँगै नेकपा एमाले रौतहटले रौतहटका तीनवटा वडामा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको हो ।

नेकपा एमाले र उच्चहटले चयन गरेका तीनवटै वडाध्यक्षका उम्मेदवारहरूलाई जिताउनका लागि सम्पूर्ण पार्टीपंक्तिलाई एक भएर लाग्नका लागि नेकपा एमाले रौतहटका जिल्ला अध्यक्ष सचिदानन्द शाहले विज्ञप्तिमार्फत आग्रह गरेका छन्।

सुझावित समाचार