चट्याङबाट एकै दिन १२ जना घाइते

मंगलबार, २० कार्तिक, २०८१
डिजिटल संस्करण

पश्चिम नेपालमा चट्याङबाट एकै दिन १२ जना घाइते भएका छन्। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार प्युठान, गुल्मी, जाजरकोट र दैलेखका सात ठाउँमा चट्याङ खसेको हो।

चट्याङबाट दैलखमा ६, जाजरकोटमा तीन, गुल्मीमा दुई र प्युठानमा एकजना घाइते भएका छन्।

दैलेखको भगवतीमाई गाउँपालिका– ५ साङखोला चौरमा गोठाला गएका ६ बालबालिका चट्याङमा परेका हुन्। जाजरकोटको बारेकोट गाउँपालिका– १ धौलाकोटमा चट्याङ खस्दा गर्भवतीसहित तीन महिला घाइते भएका छन्। उनीहरूको  प्राथमिक स्वास्थ्य केन्द्र बारेकोटमा उपचार भइरहेको छ।

उता गुल्मीको मदाने गाउँपालिका– १ अगलुङ र वडा नम्बर ५ पातलकटेरीमा घरमा चट्याङ खस्दा दुई महिला घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, प्युठानको नौबहिनी गाउँपालिका– ७ स्याउलेमा चट्याङ खस्दा एकजना घाइते भएका छन्। उनको दाङको घोराहीमा उपचार भइरहेको छ।

See More On

सुझावित समाचार