रोहन मुस्तफा सुदूरपश्चिममा

मंगलबार, २० कार्तिक, २०८१
डिजिटल संस्करण

रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएको छन्। युएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका रोहनले नेपालमा सम्पन्न विभिन्न प्रतियोगितामा खेल्दै आएका छन् । 

युएईका पूर्वकप्तान  ३६ वर्षीय रोहनले ओडिआई र टी–२० आईमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका छन्। रोयल्सले यसअघि विदेशी खेलाडीको रूपमा न्युजिल्यान्डका बलिङ अलराउन्डर स्कट कुगेलेइन, स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अली जेबलाई अनुबन्ध गरिसकेको छ ।

दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेएको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन, सेफ अली जेब, स्कट कुगेलेइन र रोहन मुस्तफा छन्।
 

सुझावित समाचार