सरकारले विभिन्न सेवासुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यहाँ परिचयपत्र बनाउनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयमा गत एक वर्षकाे अवधिमा ६ हजार ५५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएको प्रशासन शाखाका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए। कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक ८० जनाभन्दा बढीको संख्यामा सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्म एक हजार २२९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयका प्रजिअ रामबहादुर शाहीले बताए। यहाँका आठवटै स्थानीय तहका वडामै पुगेर राष्ट्रिय परिचयपत्र बनाउनेको टोलीसमेत खटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारीस्वरूप राहदानी लिने बढेको जिल्ला प्रशासन कार्यालयका राहदानी फाँटले जनाएको छ ।