वनमन्त्री ऐनबहादुर शाही स्वदेश फिर्ता

आइतबार, १८ कार्तिक, २०८१
डिजिटल संस्करण

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी कोलम्बियामा भएको जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा वनसचिव डा. दीपककुमार खराललगायत उच्च अधिकारीले स्वागत गरेका थिए ।

कोलम्बियाको काली सहरमा यही अक्टोबर २६ देखि ३१ तारिखसम्म भएको सम्मेलनमा मन्त्री शाहीले दुई विषयका उच्चस्तरीय बैठकलाई अक्टोबर २९ र ३० तारिखमा सम्बोधन गरेका थिए ।

उनले ‘प्रकृति र शान्ति’ तथा ‘जैविक विविधता र वित्त’ विषयका दुई सत्रका छलफललाई सम्बोधन गरी नेपालले जैविक विविधताका क्षेत्रमा हासिल गरेको उपलब्धिबारे जानकारी गराएका थिए । वन वातावरणमन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए ।
 
 

सुझावित समाचार