सुनको मूल्य हालसम्मकै महँगो

बिहिबार, १५ कार्तिक, २०८१
डिजिटल संस्करण

सुनको मूल्य हालसम्मकै महँगो भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालीको दोस्रो ठुलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ।

बुधबार प्रतितोला रु. दुई हजार दुई सयले वृद्धि भई रु. एक लाख ७० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ७१ हजार निर्धारण भएको छ। बुधबारको तुलनामा आज प्रतितोला रु. तीन सयले वृद्धि भएको हो। 

यस्तै, चाँदीको मूल्य तोलामा रु. ३० ले घटेको छ। बुधबार प्रतितोला रु. दुई हजार एक सय २० मा कारोबार भएको चाँदी आजका लागि रु. दुई हजार ९० निर्धारण भएको छ।
 

See More On

सुझावित समाचार