पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले आज मंगलबार बृहत् प्रदर्शन गरेको छ। राजनीतिक प्रतिशोध साधेर लामिछानेलाई हिरासतमा राखिएको भन्दै रास्वपाका नेता–कार्यकर्ताले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्।
लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएको भन्दै रास्वपाले सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गर्दै आएको छ।
मंगलबार बालुवाटारकेन्द्रित बृहत् आन्दोलनबाट डेढ दर्जनभन्दा बढी नेता–कार्यकर्ता पक्राउ परेका छन्। उनीहरूले सरकार अधिनायकवादी भएको भन्दै नारा लगाइरहेका छन्।
हेर्नुस् तस्बिरहरू :
2024-10-29-02-03-17.jpeg)
2024-10-29-02-03-11.jpeg)
2024-10-29-02-03-05.jpeg)
2024-10-29-02-02-58.jpeg)
2024-10-29-02-02-50.jpeg)
2024-10-29-02-02-42.jpeg)
2024-10-29-02-02-34.jpeg)
2024-10-29-02-02-27.jpeg)
2024-10-29-02-02-18.jpeg)