लगातारजसो मूल्यमा कीर्तिमान कायम गरिरहेको सुन हालसम्मकै महँगो भएको छ।
मंगलबार १५ सयले बढेर प्रतितोला सुनको मूल्य एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन एक लाख ६७ हजार रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन दुई हजार ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी मंगलबार दुई हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।