एनआइसी क्यापिटलको वित्तीय सचेतना कार्यक्रम

सोमबार, १२ कार्तिक, २०८१
डिजिटल संस्करण

एनआइसी एसिया क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२४ का अवसरमा विद्यार्थी तथा विभिन्न पेसामा आबद्ध व्यक्ति र सर्वसाधारणमाझ लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । क्यापिटलले अमरगडी–५, डडेलधुरामा सो कार्यक्रम गरेको हो । 

कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्राथमिक सेयर, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरण, सामूहिक लगानी कोषलगायतका विषयमा प्रकाश पारेका थिए ।त्यस्तै, दोस्रो बजारमा सूचीकृत कम्पनीमा लगानी गर्दा कहिले, कसरी लगानी गर्न सकिन्छ तथा लगानीसम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराबारे जानकारी गराएका थिए । 

सोही कार्यक्रममा सिडिएस एन्ड क्लियरिङका अधिकारी किशोर भट्टले समेत सिडिएससीले उपलब्ध गराइरहेको सेवा के–कसरी सुरक्षित रूपमा लिन सकिन्छ भन्नेबारे धारणा राखेका थिए । कार्यक्रममा विद्यार्थी तथा विभिन्न पेसामा आबद्ध एक सय ३० जनाभन्दा बढीको सहभागिता थियो ।

सुझावित समाचार