प्राइम बैंकद्वारा ५ प्रतिशत लाभांश घोषणा

सोमबार, १२ कार्तिक, २०८१
डिजिटल संस्करण

प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । आइतबार बसेको बैंकको सञ्चालक समितिको ५१४औँ बैठकले आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट सेयरधनीलाई करसहित ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले ९७ करोड एक लाख २८ हजार सात सय ८६ रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित नगद लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात्  प्रदान गरिने कम्पनी सचिव राजकुमार कार्कीले बताए ।

सुझावित समाचार