नेपाली आकाशमा अनधिकृत प्रवेश गर्ने थाई एयर एसियाको उडान अनुमति र जिएसए निलम्बन

आइतबार, ११ कार्तिक, २०८१
डिजिटल संस्करण

विन्टर सेड्युल अनुमति नलिई नेपाली आकाशमा अनधिकृत प्रवेश गरेको थाई एयर एसिया कारबाहीमा परेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अर्को निर्णय नभएसम्मका लागि भन्दै थाई एयर एसियाको सम्पूर्ण उडान र जिएसए इजाजत निलम्बन गरिदिएको छ।

थाई एयर एसियाको एयरबस ३२० जहाज थाइल्यान्डबाट १५० भन्दा बढी यात्रु बोकेर दिउँसो २ बजे काठमाडौं आएको थियो । तर, नेपालमा उडान अनुमतिको म्याद सकिएको हुनाले क्यानले अवतरणको अनुमति दिएन । करिब एक घण्टा आकाशमा फन्को मारेपछि यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई अवतरण गर्न दिइएको क्यानले जनाएको छ । जहाज करिब २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

थाई एयर एसियालाई शनिबारसम्मका लागि नेपालमा उडान–अवतरण अनुमति दिइएको थियो । आइतबारदेखि विन्टर सेड्युल लागू भइसकेको हुँदा उडान अनुमतिको म्याद सकिएको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

सुझावित समाचार