दैवी प्रकोप कोषमा सिद्धार्थ प्रिमियरको ५१ लाख सहयोग

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बाढीपीडितलाई सहयोग गरेको छ । असोज ११ र १२ गते देशभर आएको बाढीपहिरोपीडितको सहयोगार्थ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्स्योरेन्सका सञ्चालक समिति अध्यक्ष सुरेशलाल श्रेष्ठले सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक बुझ्दै प्रधानमन्त्री ओलीले सहयोगका लागि धन्यवाद दिए । 

सुझावित समाचार