ग्लोबल आइएमई बैंक र आइसिआइसिआई बैंक क्यानडाबीच विभिन्न बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आइसिआइसिआईका व्यवसाय प्रमुख हिमादर मडिपत्लाले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै नेपालबाट अध्ययनका लागि क्यानाडा जाने विद्यार्थी, स्थायी रुपमा क्यानडा बसाइँ सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करले आइसिआइसिआई बैंकको विभिन्न बैंकिङ सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमा रेमिट्यान्स पठाउन÷प्राप्त गर्न सहज हुने बताइएको छ ।