मेटलाइफले व्यतीत बिमालेख नवीकरणमा शतप्रतिशतसम्म छुट दिने

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

मेटलाइफ नेपालले ग्राहकलाई व्यतीत बिमालेखमा शतप्रतिशतसम्मको छुट घोषणा गरेको छ । कम्पनीका अनुसार ग्राहकले बिमालेख पुनर्जागरण अभियानमार्फत पाँच वर्षसम्मको व्यतीत जीवन बिमालेखका नवीकरण गर्दा विलम्ब शुल्कमा १०० छुट पाउनेछन् । 

साथै, पाँच वर्षभन्दा बढी समय पुगेका व्यतीत बिमालेखमा ६० प्रतिशत छुट प्रदान गर्ने कम्पनीले जनाएको छ । यस पहलले आर्थिक कठिनाइहरूको सामना गरेका बिमालेख धारकलाई उनीहरूको बिमा सुरक्षा पुनस्र्थापित गर्न र उनीहरूको भविष्यको सुरक्षा गर्न सुविधा दिने कम्पनीको भनाइ छ । 

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘यो अभियानले हाम्रा ग्राहकलाई अप्रत्याशित जोखिम र चुनौतीबाट जोगाउन मद्दत गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ । 

हामी सबै बिमालेख धारकलाई यस अवसरको फाइदा उठाउन र मेटलाइफसँग आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न प्रोत्साहन गर्छौँ ।’
 

See More On

सुझावित समाचार