अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबिच भेटवार्ता

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन यागबिच भेटवार्ता भएको छ । 

त्यस अवसरमा उनीहरूबिच उक्त भेटघाटमा एसियाली विकास बैंकको वर्तमान पुँजी  तथा भविष्यमा नेपालसँग हुन सक्ने सहकार्यबारे छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । उपप्रधानमन्त्री पौडेलले नेपालको विकास–निर्माणका परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । 

हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई  बैंकले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकाेमा उनले आभार व्यक्त गरे । उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रियाबारे मन्त्री पौडेललाई जानकारी दिएकाे उक्त राजदूतावासले जनाएको छ । 

यसैगरी, उपप्रधानमन्त्री पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गरेका छन् । निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैंकको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिएका थिए । उपप्रधानमन्त्री पौडेलले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता  गरेका छन् । 

सुझावित समाचार