बाढीपछि लथालिंग बनेको युएन पार्क (फोटोफिचर)

मंगलबार, ६ कार्तिक, २०८१
डिजिटल संस्करण

असोज ११ र १२ गतेकाे अविरल वर्षाले बागमती नदीमा आएको बाढीका कारण ललितपुरमा रहेको युएन पार्क डुबानमा परेको थियो। बाढीले  खण्डहर बनाएको पार्कमा धेरै क्षति भएको छ । वरपरका पर्खालहरू भत्किएका छन् भने जताततै फोहोर र बाढीले बगाएर ल्याएको प्लास्टिक, काठहरू थुप्रिएका छन्। अहिले त्यहाँको अवस्था एकदमै लथालिंग देख्न सकिन्छ । 

बाढीले बगाएर ल्याएको फोहोरले धेरै दुर्गन्ध बढेपछि पहिलाजस्तो दैनिक धेरै मानिस बिहान हिँडडुल, कसरत गर्न आउँदैनन् । पार्कमा मानिसहरू अहिले हिँडडुल गर्ने अवस्था छैन। बाढी पसेको तीन हप्ता बितिसक्दा पनि पार्क सरसफाइ र भत्केका संरचनाहरूको पुनर्निर्माणको काममा सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।  लथालिंग युएन पार्कमा जे देख्यौँ:

सुझावित समाचार