पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले चितवनमा पनि प्रदर्शन गरेका छन्।
नारायणगढ बजारमा प्लेकार्डसहित निस्केको र्यालीमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीविरुद्ध नारा लागेको छ। चितवन लामिछानेको निर्वाचन क्षेत्र हो।
संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो। जिल्ला अदालत कास्कीले उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सहकारी ठगी प्रकरणमा दोषीलाई बचाएर निर्दोषलाई बचाउन वर्तमान गठबन्धनको सरकार लागिपरेको भन्दै रास्वपाका नेता–कार्यकर्ताले देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन्।