नेदरल्यान्ड्सका बास डी लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका क्रिकेटर बास डी लिडेलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल)का लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याएको हो । यसअघि अमेरिकाका आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गरेको थियो । 

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २४ वर्षीय बास डी लिडेले नेदरल्यान्ड्सका लागि ३८ टी–२० आईमा खेलेका छन् । जसमा ६९७ रन बनाएका छन् । 

बास डी लिडेलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो बनाउने योजना रहेको बताए । 

एनपिएलकै सबैभन्दा महँगो टिम पोखराले कुशल, डी लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, तृतराज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ । एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदै छ ।
 

सुझावित समाचार