अमेरिकासँगको सिरिजमा नेपालको ‘क्लिनस्विप’

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

अमेरिकाविरुद्धको तीन टी–२० आई शृंखलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ । सोमबार बिहान डालासमा नेपालले अमेरिकालाई आठ विकेटले हरायो । योसँगै नेपालले शृंखला ३–० ले जितेको हो ।

नेपालले शृंखला एक खेलअघि नै २–० ले जितिसकेको थियो । नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । दोस्रो खेल टाई हुँदा नेपाल सुपर ओभरमा विजयी भयो । अब, नेपालले अमेरिका र स्कटल्यान्ड सम्मिलित आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अर्को सिरिज खेल्नेछ । 

टस जितेर ब्याटिङ गरेको अमेरिकाले ६ विकेट गुमाउँदै १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले १८.४ ओभरमा दुई विकेट गुमाउँदै जित निकाल्यो । नेपालका लागि ओपनर आसिफले ३८ बलमा पाँच चौका र दुई छक्कासहित ५० रन बनाए । कुशल भुर्तेलले ३२ बलमा ४० रन बनाए ।

कुशल मल्लले ३० बलमा ४४ रन जोडेका हुन् । यसअघि ओपनर अनिल शाहले १३ रन बनाएका थिए । तेस्रो नम्बर क्रिजमा आएका भुर्तेल र चौथो नम्बर क्रिजमा आएका मल्लले अर्धशतकीय साझेदारी गरेका हुन् ।

यसअघि अमेरिकाका लागि ओपनर साइटेजा मुकामल्लले ५१ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाएका थिए । मिलिन्द कुमारले ४५ बलमा चार चौकासहित ४३ रन जोडे ।

नेपालका सोमपाल कामीले तीन विकेट हात पारे ।  रिजन र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो । दीपेन्द्र, कुशल मल्ल, गुल्सन झा र आरिफ शेख विकेटविहीन भएका छन् ।

See More On

सुझावित समाचार