कुशलको अर्धशतकमा अमेरिकालाई १७१ रनको लक्ष्य

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण

कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले दोस्रो टी–२० खेलमा अमेरिकलाई १७१ रनको लक्ष्य दिएको छ ।आइतबार बिहान अमेरिकाको डालासमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७० रन बनाएको हो ।

यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो । नेपाल आजको खेल जित्दै शृंखला एक खेलअघि नै पक्षमा पार्ने योजनामा छ । दुई देशबिच तीन खेलको टी २० शृंखला हुनेछन् ।

दोस्रो खेलमा नेपालका कुशल भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक ९२ रन बनाएका हुन् । ओपनर अनिलकुमार शाहले २५ तथा गुल्सन झाले १७ र कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गरेका छन् ।

अमेरिकाका जसदीप सिंह र नोस्थुस केन्जिगेले समान दुई विकेट लिए । सौरभ नेत्राभाल्करले एक विकेट हात पारे । अहिले अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ ।

See More On

सुझावित समाचार