रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण

सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा संगठित अपराधमा शुक्रबार पक्राउ परेका उनलाई रातारात पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीकाे हिरासतमा राखिएको छ ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए।     

 

सुझावित समाचार