नवलपुरको कावासोती १ बालुवाडाँडामा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्।
शनिबार बिहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बलेरो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परी एकजना पुरुष र एक महिला गरी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए।
दुर्घटनामा बुलिङटार ३ घर भई हाल कावासोती बस्दै आएकी अन्दाजी २० वर्षीया युवती पवित्रा मश्रांग्री मगर र सनाखत हुन बाँकी ३०/३२ वर्षीय पुरुषको मृत्यु भएको हो। २८ जना घाइतेहरूलाई उद्धार गरेर अस्पताल पुर्याइएको ढकालले जानकारी दिए।