वायुसेवा निगमद्वारा ६ अर्ब ३२ करोड ऋण भुक्तानी

बिहिबार, १ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल वायुसेवा निगमले हालसम्म विमानको ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ ऋण भुक्तानी गरेको जनाएको छ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्येको उक्त ऋण भुक्तानी गरेको विज्ञप्ति जारी गरी जनाएको हो। 

निगमले दुई न्यारोबडी जहाजको असोज महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी गत असोज ३० गते मात्र रु. ५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

कोभिड– १९ का कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरी दायित्व भुक्तानीलाई सहजीकरण गरिदिनसमेत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सुझावित समाचार