बर्दियामा जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। बर्दियाको बारबर्दिया नगरपालिका– ६ बस्ने २० वर्षीय सन्तराम थारू जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका हुन्।
गत शनिबार राति करिब १२ बजे एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन्। जबर्जस्ती करणी भएको सूचना पाउनेबित्तिकै गत आइतबार साँझ ४ बजे लुकिछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ।
लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी कानुनबमोजिम पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए।