तीन राउन्ड गोली र पेस्तोलसहित एकजना पक्राउ

बुधबार, ३० असोज, २०८१
डिजिटल संस्करण

जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउन्ड गोली र एक थान पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ स्थायी घर भई सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङले हतियार बोकी हिँडिरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

प्रहरी टोलीले तामाङको घरबाटै तीन राउन्ड गोली लोड भएको मेडइन युएसए लेखिएको पेस्तोलसहित पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । म्याद थप गरी मंगलबार नै तामाङमाथि थप अनुसन्धान सुरु गरिएको उनले बताए । 

सुझावित समाचार