तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान

सोमबार, २८ असोज, २०८१
डिजिटल संस्करण

सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ। यहाँ दसैँको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो। त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन। 
 
तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेसन प्रमुख छिरिङ लामाले बताए। आज नेपालगन्जदेखि तारा एयरले एकपटक तथा नेपाल एयरलाइन्सले दुईपटक उडान भरेको उनले बताए। दुवै एयरलाइन्सले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए। 

 ‘मंगलबारका लागि टिकट बुकिङ भइसकेको छ। अब यात्रुको चाप विस्तारै बढ्छ,’ प्रमुख लामाले भने। नेपालगन्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यति धेरै नभए पनि हुम्लादेखि जिल्लाबाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको उनकाे भनाइ छ। सीता एयर र समिट एयरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ। 

See More On

सुझावित समाचार