नदीले बगाएर एकजनाको मृत्यु

आइतबार, २७ असोज, २०८१
डिजिटल संस्करण

व्यास नगरपालिका–६, साम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए। दसैँमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो। स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो। 

See More On

सुझावित समाचार