हेटौँडा–काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह

आइतबार, २७ असोज, २०८१
डिजिटल संस्करण

हेटौँडा-कुलेखानी-फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिक २ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । 

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौं जाँदा त्रिभुवन राजपथ तथा कान्ति लोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताए। 

कुलेखानी सिमखोलानजिक हेभीको उकालोमा साना गाडीहरू चढ्न नसक्ने गरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवन राजपथको पालुङ हुँदै काठमाडौंतर्फ पठाइरहेको  उनले  जानकारी दिए। 
 

सुझावित समाचार