युइएफए नेसन्स लिगमा स्पेनले दोस्रो जितसहित महत्त्वपूर्ण तीन अंक आर्जन गरेको छ। शनिबार राति भएको खेलमा स्पेनले डेनमार्कलाई १–० को संघर्षपूर्ण जित निकाल्दै जित आत्मसात् गरेको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनका मार्टिन जुबिमेन्डीले ७९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। दोस्रो जितपछि स्पेन शीर्ष स्थानमा उक्लिएको छ। तीन खेलबाट स्पेनको एक बराबरसहित सात अंक छ।
डेनमार्कको ६ अंक रह्यो। सर्वियाले तीन अंक जोड्दा स्विटजरल्यान्डको कुनै अंक छैन।