दसैँमा गाउँ फर्किनेको चित्र : मनमा उमंग र रहर, यात्रा कष्टकर (फोटोफिचर)

बिहिबार, २४ असोज, २०८१
डिजिटल संस्करण

नेपालीको महान् पर्व दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढिरहेको छ । अहिलेसम्मको तथ्यांकअनुसार  पाँच लाखभन्दा धेरै यात्रु बाहिरिएका छन् । यो तथ्यांक घटनास्थापन सुरु भए (१७ असोज) देखि २३ असोज (बुधबार) साँझ ६ बजेसम्मको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाबाट सबैभन्दा धेरै यात्रु नागढुंगा नाकाबाट बाहिरिएका छन् । बिहीबार बिहान ३ बजेपछि काठमाडौंको  जडीबुटीमा घर फर्किनको ठुलो भिड लागेको छ । हामी त्यहाँ पुग्दा कोही गाडी कुरिरहेका थिए । कोही बस बढ्न हतार गर्दै थिए भने कोही सामान बोक्ने गाडीमा कष्टकर यात्राको तयारीमा थिए । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर : 

सुझावित समाचार