काठमाडौं उपत्यकासहित मध्य नेपालबाट बाहिरियो मनसुन

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यकासहित मध्य नेपालबाट पनि मनसुन बाहिरिएको छ। 
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कर्णाली, लुम्बिनी  र गण्डकीका पूरै भूभाग तथा काठमाडौं उपत्यकालगायत बागमतीको पश्चिमी र मधेश प्रदेशका पश्चिमी भू–भागबाट बहिर्गमन भएको छ।

सुदूरपश्चिमका पूरै भूभाग र कर्णाली धेरै तथा लुम्बिनीका पश्चिमी भू–भागको थोरै स्थानबाट २० असोजमा मनसुन बाहिरिएको थियो। मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने महाशाखाले जनाएको छ।

सुझावित समाचार