हिमालयन बैंक कोष प्रवर्द्धक तथा हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फन्डअन्तर्गतको प्रथम बन्दमुखी सामूहिक लगानी कोष योजना ‘हिमालयन ८०–२०’ ले आर्थिक वर्ष ०८०-८१ मा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
हिमालयन क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको हिमालयन ८०–२० योजनाले सञ्चालन भएको प्रथम वर्षमा नै ६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको असोज २१ गते बसेको ६८औँ सञ्चालक समितिको बैठकले आव ०८०-८१ को लागि ‘हिमालयन ८०–२०’ योजनाको इकाइ धनीहरूलाई करसहित ६ प्रतिशतका दरले हुन आउने रकम ६ करोड रुपैयाँ प्रतिफलको रूपमा वितरण गर्ने निर्णय गरेको हो। यो म्युचुअल फन्ड २०८० मंसिर २७ गते नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो।