जुम्लाकाे तातोपानी गाउँपालिका– ७ सर्मीगाउँका ३१ वर्षीय हेमराज कुवँरको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका कुँवरको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो।
तिला गाउँपालिका– ३ त्रिवेणीबाट सर्मीगाउँ जाँदै गर्दा क.१प १६०५ नम्बरको मोटरसाइकल तिला गाउँपालिका– ४ मा पर्ने रावतवाडामा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी छेदीलाल कामतीले सडकबाट करिब १६० मिटर तल भेरी नदीको छेउमा खसेर मोटरसाइकल दुर्घटनाग्रस्त भएको जानकारी दिए।
मोटरसाइकलमा पछाडि बसेका हेमराजका छोरा परिश्रम कुँवर घाइते भएका छन्। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।