खोकनामा सिकाली जात्रा मनाइँदै [तस्बिरहरू]

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

ललितपुरको खोकनामा सिकाली जात्रा मनाइँदै छ। सिकाली चौरमा रहेको मन्दिरवरिपरि स्थानीय भेला भएर यो जात्रा मनाउने गर्छन्।

स्कन्द पुराणको माघ महात्म्यमा उल्लेख भएअनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्रलगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरबितर पारेको कथाको आधारमा गरिने जात्रामा मंगलबार बिहानै सिकाली चौरमा यज्ञमण्डप बनाएर यज्ञ लगाइएको थियो। यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन्।

मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ। यहाँका बासिन्दा एक–आपसमा टीकाटालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन्।

खोकनावासी दसैँ मनाउँदैनन्। यो जात्रा दसैँभन्दा पुरानो संस्कृति भएकाले यो जात्रा मनाएपछि दसैँ मनाउन नभ्याएको यहाँका स्थानीयहरू बताउँछन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार