प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम बैंकको ३१ लाख सहयोग

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

प्राइम कमर्सियल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ।

अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नुपरेको अकल्पनीय दुःखद घटनामा बाढीपीडितहरूको तत्काल राहतका लागि सहयोग गरेको बैंकले जनाएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आज आयोजित एक समारोहबिच बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

सुझावित समाचार