भन्सार छलीका ५० लाख मूल्यका कपडा बरामद

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

प्रहरीले रुपन्देहीबाट भन्सार छलीका ५० लाख मूल्यबराबरका कपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा र प्रहरी चौकी बेलभरिया रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले भन्सार छलीका कपडा बरामद गरेको हो।

बुटवल उपमहानगरपालिका– १५, उजेलापुरबाट लु १ ख ८३४० नम्बरको ट्रकलाई शंका लागी चेकजाँच गर्ने क्रममा भन्सार छली अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा अन्दाजी ५० लाख ४२ हजार ४५० रुपैयाँबराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार प्रहरीले ट्रकको अन्दाजी मूल्य १२ लाख र कपडाको ५० लाख ४२ हजार ४५० रुपैयाँ गरी  ६२ लाख ४२ हजार ४५० रुपैयाँबराबरको बरामद सामान आवश्यक कारबाहीका लागि सोमबार भैरहवा भन्सार कार्यालय  बुझाइएको छ।

सुझावित समाचार