निगमको न्यारोबडीलाई फूलपातीका दिन भैरहवा उडानको अनुमति

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले काठमाडाैंबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति पाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले फूलपातीका दिन निगमको न्यारोबडी जहाजलाई काठमाडौंबाट भैरहवा उडानको अनुमति दिएको हो।

निगमले काठमाडौं–भैरहवा एकतर्फी भाडादर सात हजार रुपैयाँ र भैरहवा–काठमाडौं भाडादर तीन हजार ८९० रुपैयाँ तोकेको छ।

बाढीपहिरोले सडक सञ्जालमा क्षति गर्दा अहिले आन्तरिक उडानमा अत्यधिक चाप बढेको छ। आन्तरिक उडानमा यात्रुको चाप बढेपछि प्राधिकरणले असोज २४ गतेलाई भैरहवा उडानको अनुमति दिएको हो।

सुझावित समाचार