आइतबार सेयर बजार परिसूचक नेप्से ५६.०९ अंकले (२.१५ प्रतिशत) बढेर दुई हजार ६ सय ५३ दशमलव ५८ विन्दुमा पुगेको छ । सबैभन्दा बढी न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले मूल्य बढेपछि सर्किट ब्रेक लागेको छ । मध्यभोेटेकोशी जलविद्युत् कम्पनीको ९.७६ प्रतिशतले सेयर मूल्य बढेको छ । इस्टर्न हाइड्रोपावरको सेयर मूल्य ९.६८ प्रतिशतले बढेको छ भने गुडविल फाइनान्सको सेयर मूल्य ९.२७ प्रतिशतले बढेको छ । सिनर्जी पावर डेभलपमेन्टको मूल्य ८.१४ प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी फाइनान्स समूहको परिसूचकमा वृद्धि भएको छ । यो समूहको परिसूचक ६.३ प्रतिशतले बढेको छ । उत्पादनमूलक समूहको परिसूचक ३.१२ प्रतिशतले बढेको छ । जलविद्युत् समूहको परिसूचक २.७३ प्रतिशत, बैंकिङ समूहको परिसूचक २.२ प्रतिशत र विकास बैंक समूहको परिसूचक २.२२ प्रतिशतले बढेको छ ।
लगानी समूहको परिसूचक १.९९ प्रतिशतले बढेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक १.७१ प्रतिशतले बढेको छ । लघुवित्त समूहको परिसूचक १.४७ प्रतिशतले बढेको छ । जीवन बिमा समूहको परिसूचक १.३४ प्रतिशत र निर्जीवन बिमा १.४९ प्रतिशतले बढेको छ । व्यापार समूहको परिसूचक ०.९ प्रतिशतले बढेको छ । कुल एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता सेयर किनबेच भएको छ ।