रुपन्देहीका उद्योगीले राखे गुनासै–गुनासा, मुख्यमन्त्रीले दिए आश्वासन

रुपन्देही उद्योग संघको ४६औं वार्षिक साधारणसभा

आइतबार, २० असोज, २०८१
डिजिटल संस्करण

उद्योगमैत्री नीति नबन्दा उद्योगीहरूले समस्यै–समस्या झेल्नुपरेको गुनासो उद्योग क्षेत्रका अगुवाहरूले गरेका छन् । उद्योग स्थापना गर्न जग्गाको अभाव, भन्सारदेखि अन्य कर प्रणालीसम्मका समस्याहरूको उठान गर्दै तत्काल सुधार गर्न उनीहरूले माग गरेका छन् । 

रुपन्देही उद्योग संघको ४६औँ वार्षिक साधारणसभामा बोल्दै अगुवा उद्योगी–व्यवसायीले कानुनमा सुधार गर्न तथा भन्सारका समस्याहरू सुधार गर्न ध्यानाकर्षण गराए । बढ्दो आर्थिक संकटका कारण कतिपय उद्योग बन्द हुँदै गएको, २४ घण्टा चल्ने उद्योगहरू आठ घण्टा पनि चल्न सक्ने अवस्थामा नरहेका कारण उत्पादन क्षमतामा पनि ह्रास आएको उनीहरूले गुनासो गरे ।  

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष एजाज आलमले उद्योग क्षेत्रमा थुप्रै समस्या रहेको बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगमैत्री कानुन बनाउन प्रदेश सरकार तयार रहेको बताए । उनले प्रदेश सरकारले बनाएका कानुनबाट उद्योगी–व्यवसायीलाई समस्या भएको भए बुँद्धागत सुझाव दिन आग्रह गर्दै त्यस्ता कानुन संशोधन गर्ने आश्वासन दिए ।  

सुझावित समाचार