नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ त्रिवेणी गण्डक ब्यारेज नारायणी नदीकिनारमा एकजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार त्रिवेणी ब्यारेज पुलदेखि एक सय मिटर पश्चिम नारायणी नदीकिनारमा नाम, थर नखुलेको ५५ वर्षीय पुरुषकाे शव फेला परेकाे हो ।
भारतीय मूलको जस्तो देखिने उक्त शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। शव आवश्यक मुचुल्का तयार पारी पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।