देशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय ३३ पुग्यो

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

हालैको बाढीपहिराेमा परी  मृत्यु हुनेको दुई सय ३३ पुगेको छ। २२ जना अझै बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार  हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्भार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।
 

सुझावित समाचार