वृक्षरोपणका लागि नेपाल एसबिआई बैंकद्वारा आर्थिक सहयोग

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले बरगाछी– रानी डिभाइडर सौन्दर्यकरण समिति विराटनगरलाई बरगाछी–रानी ६ लेन सडकमा वृक्षरोपण कार्यक्रमका लागि आर्थिक सहयोग गरेको छ। 

उक्त सहयोग रकम बैंकका कोशी प्रदेश प्रमुख रविन घिमिरेले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए। सो कार्यक्रममा बैंक तथा महानगरपालिकाका अन्य पदाधिकारीसमेतको उपस्थिति थियो।

दिगो विकास तथा वातावरण संरक्षण गर्ने उद्देश्यले यस्ता गतिविधिहरू समय-समयमा सञ्चालन गर्दै आएको बैंकले जनाएको छ। हाल बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

सुझावित समाचार