स्ट्यान्डर्ड चार्टर्ड र छिमेक लघुवित्तबिच ऋण सम्झौता

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

एसियाली विकास बैंक (एडिबी)सँगको सहकार्यमा स्ट्यान्डर्ड चार्टर्ड बैंक र छिमेक लघुवित्तबिच ऋण सम्झौता भएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा एडिबीका कन्ट्री डाइरेक्टर आर्नोड काउकोइस र निजी क्षेत्र सञ्चालन विभागका महानिर्देशक सुजैन गाबोरी, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदार, छिमेक लघुवित्तका सिइओ दीपकनिधि तिवारीलगायतको उपस्थिति रहेको थियो । 

सम्झौताअनुसार एडिबीले स्ट्यान्डर्ड बैंकमार्फत लघुवित्तलाई ऋण सहयोग गर्ने र लघुवित्तले उक्त रकम ग्रामीण क्षेत्रका सीमान्तकृत समुदायका व्यक्तिलाई आय–आर्जनका लागि लगानी गर्ने बताइएको छ । सो ऋण ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बढाउन मद्दत पुग्ने बैंकको विश्वास छ ।

यस्तो सम्झौता नेपालमै पहिलोपटक भएको बैंकले जनाएको छ । लघुवित्तका सिइओ तिवारीले यो ऋण सहयोग नेपालका ग्रामीण भेगमा रहेका सीमान्तकृत समुदायको आर्थिकस्तर उकास्न उपयोग गरिने बताए । 

सुझावित समाचार